बाँकेमा आज ३ जना कोरोना संक्रमितकाे मृत्यु

everest kitchen

 

नेपालगंज । काेराेना संक्रमणकाे हट स्पट बन्दै गएकाे बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । बाँकेमा उपचाररत तिन जनाको निधन भएको हो।

डीसीसीएमसी बाँकेका अनुसार एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको हो ।
२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज वलीले जानकारी दिए ।

जसमध्य नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड-३ सल्ल्यानका ५६ वर्षीय पुरुष, बाँकेका जानकी-१ की ७१ वर्षीया महिला र बैजनाथ-६ का २८ वर्षीय पुरुषको निधन भएको हो ।