बिरोध य्रालीसहित आक्रमणको विरुद्ध उजुरी लिएर प्रहरीमा पुगेे पत्रकार कुशलभ केसी 

everest kitchen

विपेन उलङगे
काठमाडौं । पत्रकार पत्रकार कुशलभ केसी र उनको कार्यालयमा भएको आक्रमणको विरुद्ध बृहत बिरोध य्राली निकालिएको छ । बुधबार केसीको कार्यालयमा आएका एक सुधार केन्द्रका मानिसहरुले भिडियो रिपोर्ट प्रसारण गरेको भन्दै केसीमाथि हातपात तथा कार्यालय तोडफोड गरेका थिए ।

अनलाइन टिभी पत्रकार संघ नेपालको आयोजनामा उक्त बिरोध य्राली निकालिएको हो। पत्रकार कुशलभ केसीमाथि आक्रमण गर्नेहरुमाथि कारबाहीको माग गर्दै पत्रकारहरुले विरोध य्राली समेत निकालेका छन् । बिरोध य्रालीमा मेची महाकाली बुहारी संयुक्त आवाज समुहले पनि ऐक्यबद्धता जनाएको थियो ।

केसीले शुक्रबार महानगरीय प्रहरी बृत गौशालामा आक्रमण गर्नेहरु बिरुद्ध उजुरी दिएका छन् ।

सञ्चारकर्मी र सञ्चारगृहमाथिको आक्रमण असह्य छ, गुण्डागर्दी बन्द गर, पत्रकार कुशलभ केसी र उनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर लगायतका नाराहरु लेखिएको प्लेकार्डसहित य्राली निकालिएको थियो ।

काभ्रेको पाँचखाल-४ स्थित “बाट लाईफ भर्सेस एडिक्सन” नामक सुधार गृहमा सोम दनुवारको मृत्यु भएको थियो । उनको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले घटना अनुसन्धान दायरामा ल्याउन भन्दै माग गरेका थिए । उक्त विषयलाई लिए भिडियो रिपोर्ट प्रसारण गरेपछि सुधार गृह सम्बद्ध व्यक्तिहरुले काठमाडौंको सिफल स्थित क्राईम टेलिभिजन नामक अनलाइन मिडियाको कार्यालयमा तोडफोड तथा पत्रकारमाथि हातपातको प्रयास भएको थियो ।