आगलागी पीडित ५८ घर परिवारलाई १४ लाखबढी आर्थिक सहयोग

everest kitchen

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा गत फाल्गुन १८ गते भएको आग्लागीबाट पीडित परिवारलाई धर्ती आमा कोष संस्थाले आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा प्रति पीडित परिवारलाई नगद २४ हजार ८ सय २० का दरले आगलागीबाट प्रभावित ५८ परिवारलाई १४ लाख ३९ हजार ५ सय ६० रुपँैया नगद वितरण गरिएको छ ।

उक्त कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुको प्रमुख आथित्यता,आठराई त्रिवेणि गाउँपालिका अध्यक्ष विश्वनाथ सिटैला र संस्थाका अध्यक्ष विमला लिम्बु, संस्थाका सल्लाहकार समिति सदस्य बिजय गोठाले गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।उज्या