इजरायली राजदूत कृषकको बाख्रा फार्ममा

everest kitchen

तनहुँ। नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गरेका छन । केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आएका हुन् ।

बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताए । युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उनले भने, “एउटा युवकले गरेको बाख्रापालनले मलाई मोहित बनायो ।”

उनले कृषि पेशालाई रहर मात्र नभई व्यावसायिक बनाउनुपर्ने सुझाव दिए । “कृषि रहर होइन, यो व्यवसाय हो, एउटा बाटो पनि हो”, उहाँले भन्नुभयो । कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै परिश्रमी भएको राजदूत गोडरको भनाइ थियो ।

चार वर्ष अगाडि साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उनले बाख्रापालनलाई व्यावसायिकरूपमा अगाडि बढाएका छन ।