उज्यालो नेटवर्ककर्मी पक्राउ परेको प्रति पत्रकार महासंघको बिरोध, बिनासर्त रिहाइको माग

everest kitchen

काठमाडौं । समाचार लेखेको वपषयलाई लियर उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले गरेपछि पत्रकार महासंघ उपत्यका प्रदेश समिति विरोध जनाएको छ ।

तामाङलाईपक्राउ गर्नुका साथै क्यामेरा , कम्प्युटरलगायत सञ्चार सामाग्री नियन्त्रणमा लिन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघ , उपत्यका प्रदेश समिति घोर भर्त्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।

साथै, प्रकाशित समाचारको विषय प्रेस काउन्सिलले निरुपण गरिसकेको र सम्मानित उच्च अदालत पाटनले समाचारको विषयलाई लिएर पक्राउ नगर्न दिएको अन्तरिम आदेशलाई कुल्चदै तामाङलाई पक्राउ गरिनु निन्दनीय छ । समाचारसँग जोडिएको विषयमा समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीको हस्तक्षेप देखिनु कानुनी राज्य र विधिको शासनमा गम्भीर प्रश्नहरु खडा भएका छन् । अतः समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा पक्राउ गर्नु कुनै ढंगबाट पनि सही नभएकाले तामाङलाई तत्काल रिहाई गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मानका साथै प्रेसमाथिको हस्तक्षेप बन्द गर्न महासंघले माग गरेको छ ।

त्यस्तै निरुपण गर्ने निकायले गरि सकेर खण्डन भैसकेको र अदालतले समेत आदेश दिई सकेको विषयमा व्यवास्ता गर्दै तामाङलाई पक्राउ गर्नु उचित नभएको भन्दै तुरुन्तै रिहाइ गर्न माग गर्दै यस्तै प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेटवर्कको कार्यालय अनामनगरबाट अनिस तामाङलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरी नेटवर्कको क्यमरा र मोबाइल समेत जफत गरेको बताएको छ ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । सो समाचारपछि सम्पादक बुद्ध लोप्चन र अनिस तामाङलाई धरपकड सुरु गरेको थियो ।

प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा तथा खण्डन गरिसकेको र उच्च अदालत पाटनले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा रसमाचार खण्डन गरि सकेको अवस्थामा पक्राउ नगर्नु भन्ने आदेशको अवज्ञा गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।