काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

everest kitchen

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लागु हुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको हो ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए।

स्रोतका अनुसार खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। ‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन् भने सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।