नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen
फोटो फाइल

काठमाडौं। नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ। त्यस्तै,गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय नमूनाको पिसिआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ४ सय ४२ जना र एन्टिजेन विधिबाट ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा मात्रै १९१२ संक्रमित थपिएका छन्। जसअनुसार भक्तपुरमा १२२, ललितपुरमा २२३ र काठमाडौंमा १५६७ जना थपिएका छन्।