उपत्यकामा निषेधाज्ञा हुने भएपछि उपत्यका छाड्नेको लर्को

everest kitchen

काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्‍याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

यसअघि नै सरकारले उपत्यका लगायतका प्रमुख शहरहरुका शिक्षण संस्था बैशाख भरी बन्द गर्ने निर्णय गरिसकेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि सबै प्रकारका परिक्षाहरु स्थगित गरेपछि गाउँ फर्किने विद्यार्थीहरु बढेका हुन ।