पूजा आचार्य । आसाम, भारत
मुक्तक१
मेरो जीवन अधुरो भयो तिम्रो माया बिना।
शुन्यतामा जो छेकिएकोछ तिम्रो छाँया बिना।
प्रतिबिम्ब त तिमी मेरै हौ निस्वार्थ मायाको,
ढुकढुकीमै राख्या छु तिम्लाई दायाँबायाँ बिना ।
२
अरू रोएकोमा आफू हाँस्ने नगर्नु
मैलो मन राखी साईनो गाँस्ने नगर्नु
समय फर्किदा पालो तिम्रो पनि पर्ला
आफ्नो गल्तीमा अरुलाई टाँस्ने नगर्नु ।
३
जिउन रहर छ अझै मलाई बाँच्न देऊ
अब नजलाउ प्रिय मेरै धूनमा नाँच्न देऊ
जलेको सपनिको खरानी हुरीले कहाँ उडायो
तिमीले दिएको त्यो पीडा समेटेर साँच्न देऊ ।
४
अर्काको उन्नति देखेर डाहा इर्श्या गर्नु नपरोस्
कु-नीति अपनाउने हरूको फेला पर्नु नपरोस्
राम्रो सोच विचार राखी समाजमा अघि बढ्नु छ
समस्या परेको बेला कहिल्यै पछि सर्नु नपरोस् ।