पिसिआर शुल्क बढी लिनेलाई कारवाही

everest kitchen

 

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो पछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिए । उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।