गएको २४ घण्टामा कोरोनाबाट ३५ जनाको निधन, करिब पाँच हजार संक्रमित

everest kitchen

 

काठमाडौँ । कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १२ हजार ५९७ पिसिआर परिक्षणका क्रममा ४८३१ र ९६३ एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोना मुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।

हाल ३४ हनार ११७ सक्रिय संक्रमित आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै , काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन्। पछिल्लो पटक उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन।