रुकुम पश्चिममा एक संक्रमितको निधन

everest kitchen

 

रुकुम । रुकुम पश्चिममा एकजनाको कोरोना संक्रमणको कारण निधन भएको छ । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको हो । ती संक्रमित बिहिबार दिउँसो अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका थिए ।

मुसिकोट नगरपालिकाका ६० वर्षीय ती पुरुष पेशालाे शिक्षक थिए । भरखरै अवकास प्राप्त ती शिक्षकको विहीबार राती साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । केही दिनदेखि अचानक ज्वरो आउने, टाउको दुःख्ने, श्वास प्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो ।

रुकुम पश्चिममा नयाँ भेरिएन्ट सहितको कोभिड -१९ को संक्रमण सुरु भएयता कोभिड-१९ संक्रमणका कारण दुई जनाको निधन भएको छ । हाल जिल्लाभरी ९६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।