महामारी बारे सरकारको ध्यानाकर्षण गराउदै जनार्दनको ६ प्रस्ताव

everest kitchen

काठमाडौं । पुर्वगृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का नेता सांसद जनार्दन शर्माले कोभिड-१९ को दोस्रो महामारी नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराउदै नियन्त्रण गर्न ६ संयन्त्रको प्रस्ताव गरेका छन् ।

यस्तो छ उनको ध्यानाकर्षण तथा ६ प्रस्तावहरु :
महामारी बारे सरकारको ध्यानाकर्षण ।।
कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भैरहेको छ ।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भएपनी कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक छ । देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु ।

१) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७०% कोभिड उपचारको लागि छुट्याउने । २) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि(रेम्डिसिभिर १०० एमजी) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।   ४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।

५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।   ६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००% जोखिम भत्ता उपलब्ध गराउने ।