शुक्रबार मलेसियामा १४ जनाको निधन भएसंगै मृतकको सङ्ख्या १५ सय ६ पुग्यो

everest kitchen

 

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार ७८८ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌ गएको तथ्यांकले देखाउछ ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५०६ जना रहेका छन् । यो मृत्यु सङ्ख्या पनि उच्च हो । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ७८८ जना रहेकाे छ । मलेसियामा हालसम्म ४ लाख ८ हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज २ हजार ६४० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ७७ हजार ९८० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २९ हजार २७७ जनामा सक्रिय संक्रमण रहेको छ ।