सीमा नाका बन्द गर्न सिसिएमसीको सिफारिश

everest kitchen

 

काठमाडौँ। कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो । सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल पछि निर्णय गरि कार्यान्वन गर्ने गरि सरकार अघि बढ्ने बताएको छ।

साथै, नेपालमा गएको २४ घण्टमा ९२८ जना जना मात्रै कोरोना संक्रमण मुक्त भएका छन् । योसहित जम्मा निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ८१३ जना रहेका छन । यो सक्रिय संक्रमितको सङ्ख्यामा पनि उच्च हो ।

त्यस्तै हालसम्म नेपालमा ३ हजार २७८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ३३ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा हाल देशभर जम्मा ५५ जना मात्रै रहेको तथ्यांक रहेको छ। छिमेकी देश भारतमा संक्रमितको सङ्ख्या बढेसंगै नेपालमा पनि संक्रमण दर उच्च रहेको छ ।