कोभिडका कारण बिहारका मुख्यसचिव अरुण कुमारको निधन

everest kitchen

एजेन्सी। बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ । सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का जो वरिष्ठ अधिकारी हुन । कोरोनाभाइरस परीक्षणमा उनमा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा नै निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कूमारले बताएका छन । जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि उनि यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए । सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो ।

बिहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ । भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् ।