मकवानपुरमा सोमबारदेखि निषेधाज्ञा जारी गर्न सिफारिस

everest kitchen

सविन कु. लोप्चन  मकवानपुर । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले मकवानपुरमा निषेधाज्ञा लगाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । केन्द्रको जारी बैठकले जिल्ला सुरक्षा समितिलाई मकवानपुरमा निषेधाज्ञा लगाउन सिफारीस गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाउन सिफारिस गरिएको हो । त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाउन पनि केन्द्रले सिफारिस गरेको छ ।

बजारका तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला राख्न र पास बिना सवारी साधन संचालन गर्न नदिने गरी निर्णय गर्न सिफारिस भएको छ । हेटौंडा महानगरपालिक भित्रका होटलदखि चिया पसलसम्म शनिबारदेखि बन्द छन् भने हेटौंडा महानगरपालिकाको १० स्थित बसपार्क क्षेत्रमा भने सबै बन्दनै छन् ।