पुनः पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अघि बढाउदै

everest kitchen

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिनेछन । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भने ।

 

लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् । एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।

यद्यपि लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन्। ‘अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उम्मेदवार बन्न नपाउने उनि बताउछन।