अनेसासको बाल तथा किशोर कविता प्रतियोगिता सम्पन्न: बङ्गालदेशकी इभान्जलिना बल प्रथम

everest kitchen

काठमाडौँ। गैरआवासिय नेपाली सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरु बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न भएको छ । जसमा बङ्गालदेशकी इभान्जलिना बलले प्रथम हुँदै एकहजार डलरको पुरस्कार हात पारेकी छिन ।

त्यसैगरि अभिनव गिरी , जापानले द्दितिय हुँदै पाच सय अमेरिकिन डलरको पुरस्कार जितेका छन भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेका छन । त्यस्तै, अङ्ग्रेजी भाषाका कविता तर्फ उत्कृष्ट भइ अमेरिकाकि ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन । कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बिजेता कविहरुलाई बधाई दिदै दोश्रो पुस्ताका गैरआवासिय नेपालीहरुको पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रबर्द्धन गर्न बिशिष्ट भुमिका खेल्नु पर्ने र यसमा एनआरएनए र अनेसास लगाएतका सस्थाले अग्रणि भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

उप्रितीले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्नेछ भने । कार्यक्रममा विशिष्ट अतिथी पुर्व कुलपती एबम मुल्यांकन समितिका प्रमुख बैरागी काइला , नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पुर्व कुलपती सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त , पुर्व अध्यक्ष जिवा लामिछाने र भवन भट्ट , अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदी , अनेसास ट्र्ष्टी अध्यक्ष गीता खत्री , वरिष्ठ साहित्यकारहरु अशेष मल्ल , दिनेश अधिकारी , प्रकाश सायमी , प्रभा भट्टराई र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन र शुभकामना मन्तव्य दिएका थिए ।

यस्तै, अतिथी कविहरु रबिन शर्मा ( जापान ) , हिमान्शु निभा कुवर ( अमेरिका ) , तिर्थ सङ्गम राई ( कतार ), गणेश खडका ( अफ्रिका ) , इसिका अधिकारी ( युरोप ), केशव सिग्देल ( नेपाल ) , गोबर्द्दन पूजा ( अमेरिका ) र प्रविना बराल ( जापान ) ले अथिती कवीको रुपमा आ आफ्ना कविता वाचन गरेका थिए ।

आयोजकका तर्फबाट एनआरएनएका पुर्व कोषाध्यक्ष एब भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा , एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्बज्ञ वाग्लेले धन्यवाद व्यक्त गरे ।

मुल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गरेका थिए ।

साठीजना प्रतियोगी मध्यबाट अन्तिम चरणमा पुगेका कविहरु अभिनव गिरी , अंशु सुवाल , आगत खरेल , इभान्जलिना बल , गुन्जना न्यौपाने , गङ्गा फुयाल , मानस्वी खराल , समृद्धि नेपाल ,सरला बराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।
एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारस मणि पोखरेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले गरेका थिए ।