ओखलढुंगा एकता सेवा समाज मलेसियाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेन्द्र श्रेष्ठ

everest kitchen

मलेसिया । बिश्व मजदुर दिवसका दिन ओखलढुंगा एकता सेवा समाज मलेसियको महाधिबेशन सम्पन्न भएको छ बिश्वब्यापी कोरोना त्रासले प्रत्यक्ष भेटघाट उपस्थिति हुन असम्भव रहेको कारण भर्चुअल माध्याम मार्फत महाधिवेशन सम्पन्न गरेको हो । सुरेन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समाज मलेसियाको अधिबेशनबाट सुरेन्द्र श्रेष्ठ अध्यक्ष , डम्बर चौलागाईं प्रथम उपाध्यक्ष, सम्झो शेर्पा महिला उपाध्यक्ष, सुबाष श्रेष्ठ द्धितीय उपाध्यक्ष, जितेन्द्र धमला सचिव, सुनिल बुढाथोकी सहसचिव, रमेश तामाङ कोषाध्यक्ष, र रुद्र प्रसाद धमला सह-कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र राई, सिताराम गदाइली , कुमार चौलागाईं , भिम बहादुर मगर, सानू माया मगर, निशा राई रहेका छन् भने प्रचारप्रसार प्रमुख टिकाराम दर्जीलाई तोकिएको छ । प्रमुख सल्लाहकारमा यादव कुमार खत्री, सल्लाहकारहरुमा दिल कुमार मगर, इन्द्र सुनुवार र घनश्याम अधिकारी चयन भएका छन् ।

महाधिवेशन कार्यक्रम संस्थाका अध्यक्ष श्री हिरालाल दयाल ज्युको अध्यक्षतामा कार्यक्रम गरिएको थियो भने संस्थापक शिव कुमार घिमिरे (नेपालबाट) कार्यक्रमको प्रमुख अतिथी रहेका थिए । त्यस्तै बिशिस्ट अतिथी प्रदिप घताल, अतिथिहरु जीवन श्रेष्ठ, भुपाल कार्की, दिपक के सी, सुजन घिमिरे, निराजन खतिवडा, दिल बिरही कान्छा रहेका थिए ।

कार्यक्रममा सुरेन्द्र श्रेष्ठ , राज सुनुवार, रमेश तामाङ, टिकाराम दर्जी, यादव कुमार खत्री, सुबास श्रेष्ठ, कुमार दयाल, भिम ब. मगर, तिलक मगर, इन्द्र सुनुवार, रुद्र धमला, जितेन्द्र धमला, डम्बर चौलागाईं, सुनिल बुढाथोकी, दिल कुमार मगर लगायतका संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो

कार्यक्रम संस्थाका सचीव डम्बर चौलागाईं बाट संचालन सुरु गरिएता पनि भुपाल कार्कीले कार्यक्रम सहजिकरण गरेका थिए । संस्थाका प्रमुख सल्लाहकार राज सुनुवारले कार्यक्रमको स्वागत मन्तव्य राखेका थिए । संस्थाको अहिलेसम्मको आर्थिक विवरण संस्थाका सह-कोषाध्यक्ष कुमार दयाल प्रस्तुत गरेका थिए भने भने पुर्वसमितिले गरेको काम र कार्यकाल समिक्षा संस्थाका सचीव डम्बर चौलागाईंले गरेका थिए ।

कार्यक्रममा अतिथि र उपस्थितिहरुले मन्तव्य राखेका थिए । दिल बिरही कान्छाले मुक्तक र दिपक केसीले आफ्नो रचना कविता वाचन गरेका थिए । त्यस्तै संस्थाका अध्यक्ष श्री हिरालाल दयाल ज्युले आफ्नो दोश्रो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण समिति सदस्य मित्रलाई धन्यवाद ज्ञापन गर्दै समिति भंग भएको घोषणा गरेका थिए ।