प्रधानमन्त्री ओली छिट्टै विश्वासको मत लिने तयारीमा

everest kitchen

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्। यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन्।

सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याएको थियो। जस अनुसार एकता भएका पार्टी छुट्टाछुट्टै रुपमा राजनीतिक गतिविधिमा संलग्न भएका छन् । छुट्टाछुट्टै राजनीतिक गतिविधिमा लागे पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता गरेको छैन ।

त्यस्तै, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको पुन: नियुक्ति बारे भने बिबादमा परेको छ। एमालेका तीन सांसदलृ राजिनामा दिई सकेका छन् भने एक सांसद माओवादी केन्द्रमा लागेकी छिन् ।