नेपालमा गत २४ घण्टामा ७ हजारबढी संक्रमित थपिदा ३७ जनाको निधन

everest kitchen

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। यो पछिल्लो समयको अहिलेसम्मकै उच्च दर हो ।

नेपालमा गएको २४ घण्टमा २ हजार २१ जना जना मात्रै कोरोना संक्रमण मुक्त भएका छन् । योसहित जम्मा निको हुनेको संख्या २ लाख ८६ हजार १५ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ५४ हजार ४१ जना रहेका छन । यो सक्रिय संक्रमितको सङ्ख्यामा पनि उच्च हो ।

त्यस्तै हालसम्म नेपालमा ३ हजार ३६२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ३७ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा हाल देशभर जम्मा २१२ जना मात्रै रहेको तथ्यांक रहेको छ।