संघीय लिबुवानका गजेन्द्र समुह जनमुक्ति पार्टीमा समायोजन

everest kitchen

काठामण्डौ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन । आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के. पि. पालुङ्वाले स्वागत गरेका हुन्।

युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेप्परमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के. पि. पालुङ्वाले ह्स्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन । आङ्बुहाङसंगै झापाका १२ जना, ताप्लेजुङ्गका २१ जना, मोरङका ७ जना , इलामका पांच, तेह्रथुमका ४ र सुनसरीका ३ जना नमुक्ति पार्टीमा समायोजित भएका हुन्।

बैकल्पिक शक्ती निर्माण मा जुटिरहेको जनमुक्तिलाई य्प समायोजन् ले पुर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देन ले बताएका छन । संगठन निर्माण र पार्टी प्रबेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएकाछन । पछिल्लो समय जनमुक्ति राजनीतिक गतिबिधि बढाउदै आएको छ।