चितवनमा जथाभावी हिडडुल गरे होल्डिङ सेन्टर राखिने

everest kitchen

सविन कुमार लोप्चन
चितवन । चितवन जिल्लामा निशेधाज्ञा कडाई गरिएको छ। निशेधाज्ञको बेला जथाभावी हिडडुल गरेमा साँझ ५ बजे सम्म होल्डिङ सेन्टर बस्नु पर्ने छ। त्यसै गरि सवारी साधनको हकमा अत्यावश्यक बाहेक अरु सवारी साधन चलाएमा जरिवाना सहित होल्डिङ सेन्टर राखिद‌ै आएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा पनि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहने गरेर बजार, यातायात र अन्य सेवा सम्बन्धमा निषेधाज्ञा जारि गरेको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । निस्किनै पर्नेहरुले पनि अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । सबै खाले सभा, सम्मेलन, गोष्ठी सेमिनार गर्न रोक लगाइएको छ । जात्राहरु र महोत्सवहरु पनि गर्न पाइने छैन ।

सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्राहालय, फिटनेस सेन्टर, जिम खाना, हेल्थ क्लब, स्पा, ब्युटीपार्लर, सैलुन, टेलर, स्वीमिङपुल, फुटपाथ पसल पनि सञ्चालन गर्न नपाइने भएको छ । विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भौतिक रुपमा उपस्थित भएर परीक्षा, पठन पाठन र अन्य शैक्षिक गतिविधि पनि रोक लगाएको छ । तस्बिर : सविन कुमार लोप्चन/हिमाल टाईम्स