नेपालमा गत २४ घण्टामा ५५ जनाको निधन, ७ हजार ५८७ जना संक्रमित

everest kitchen

 

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। यो पछिल्लो समयको अहिलेसम्मकै उच्च दर हो ।

नेपालमा गएको २४ घण्टमा १ हजार ७७५ जना जना मात्रै कोरोना संक्रमण मुक्त भएका छन् । योसहित जम्मा निको हुनेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ५९ हजार ७९८ जना रहेका छन । यो सक्रिय संक्रमितको सङ्ख्यामा पनि उच्च हो ।

त्यस्तै हालसम्म नेपालमा ३ हजार ४१७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ५५ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा हाल देशभर जम्मा २५३ जना मात्रै रहेको तथ्यांक रहेको छ।

छिमेकी देश भारतमा संक्रमितको सङ्ख्या बढेसंगै नेपालमा पनि संक्रमण दर उच्च रहेको छ । जसको कारण देशभर हालसम्म करिब ४ दर्जन जिल्लामा आंशिक तथा पुर्ण निषेधाज्ञा जारी गरिएको छ भने केहि जिल्लाले निशेधज्ञाको घोषणा गरि सकेका छन् । यस्तै काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

साथै सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । हवाई उडान बन्द भएपनि आवश्यकता अनुसार उद्दार उडान तथा चार्टर्ड उडान भने गर्न मिल्ने बताएको छ । अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने भएपछि विदेशबाट स्वदेश फर्किने नेपालीहरु भने मारमा पर्नेछन् ।