प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

everest kitchen

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताए ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । सङ्घीय सरकारका सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गर्नुभएका पौडेल मंगलबार पोखरा आएका हुन् ।

मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए ।