शशिकला राई र बिनोद दनुवारको “पुर्वको बसमा सरर” सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौँ। चर्चित मोडल तथा उदयिमान गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर…” बोलको पुर्वेली लोकगीत हालै मात्र सार्वजनिक भएको छ । उक्त गीतको भिडियो शसि इन्टरटेनमेन्ट नामक युटुबबाट सार्बजनिक भएको हो।

आरबि लामाको लय तथा शब्द सिर्जनामा हलेसी डिजीटलले अडियो उत्पादन गरेको हो भने, भिडियो डिएमके मिडियाको उतकृष्ट उत्पादनमा शसी इन्टरटेनमेन्टको अफिसियल यूटूब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । शशिकला राई र बिनोद दनुवारले नै अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई दुर्गा वान्तवा राईले खिचेका हुन भने मनोज राईले सम्पादन गरेका हुन।

लोक स्टार का सेकेन्ड रनरअप विजेता समेत रहेका सुनुवार “गाईघाट बजार, अामाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम, ‘माया कहिले पुरानो हुदैन, जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन। गायक दनुवारका अनुसार अब चाडै नै अन्य गीतहरु मा पनि काम सुरु गरेको बताएका छन ।