चितवनमा कोरोना संक्रमित एक युकले लिए आफनै ज्यान

everest kitchen

चितवन। चितवनमा कोरोना संक्रमित एक युवकले गएराती झु,ण्डिएर ज्यान लिएका छन् । चितवन जिल्ला माडी नगरपालिका स्थित इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले आफनै ज्यान हुन् । करीब एक साताअघि भारत बिहारमा सम्पन्न बैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठमा ‘आइसोलेशन’मा राखेको बताएको छ ।

लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनले गएराती आफनै ज्यान लिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पिपिई र अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

…साथै, चितवन जिल्लामा निशेधाज्ञा कडाई गरिएको छ। निशेधाज्ञको बेला जथाभावी हिडडुल गरेमा साँझ ५ बजे सम्म होल्डिङ सेन्टर बस्नु पर्ने छ। त्यसै गरि सवारी साधनको हकमा अत्यावश्यक बाहेक अरु सवारी साधन चलाएमा जरिवाना सहित होल्डिङ सेन्टर राखिद‌ै आएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा पनि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहने गरेर बजार, यातायात र अन्य सेवा सम्बन्धमा निषेधाज्ञा जारि गरेको छ ।