जर्मनीमा “अन्तर्राष्ट्रिय नेपाली समाज”को गठन

everest kitchen

काठमाडौं । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ। अन्तर्राष्ट्रिय नेपाली समाजले भर्चुअल कार्यक्रम आयोजना गरी जर्मनी शाखा ‘राष्ट्रिय कार्यसमिति जर्मनी’ गठन गरेको हो । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै सुमन बस्नेतको नेतृत्त्वमा संस्थाको जर्मनी च्याप्टर गठन भएको हो ।

त्यसैगरी, समितिको वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतम चयन भएभने महासचिवमा विकाश सुबेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन । समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह-कोषाध्यक्षमा टीकाराम बस्याल चयन भए। त्यसैगरी, सस्थाका सदस्यहरुमा क्रमस: कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी , कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली,सुबास पौड़ेल र सन्जु तामाङ रहेका छन।

नवगठित कार्यसमितिको सल्लाहकारमा मोहन बहादुर कार्की, हूमनाथ ढकाल र भरत चलाउनेलाई चयन गरिएको छ। बुधवार भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए।

अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले ‘नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं’ भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत ब्यक्त गरेकी छिन।

कार्यक्रमका विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला ( प्रदीप कुमार राई) नव गठित समितिलाई शुभकामना दिएक थिए।

शुभकामना दिंदै राईले हरेक क्षेत्रमा नेतृत्व आफैं ‘रोल मोडल’ भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुने मा जोड दिएका थिए। राईले भने, ‘नवगठित समाजका हरेक युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा म विस्वस्त छु।’

कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरिका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै नवगठित समितिलाई सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पूर्व डीन प्रा.डा. टंकनाथ शर्मा , गैरआवसीय नेपाली महिला फोरम ,जर्मनीकी संयोजक करुणा तुलाधार राई, त्यसैगरी, डा. नारायण गैरे ,डा. पुष्पा शर्मा घिमीर ,बिक्रम श्री ,गोवध्दन पूजा ,डा.भुपाल पाण्डे लगायत व्यक्तिहरुले शुभकामना दिएका थिए।

नवगठित समितिका अध्यक्ष सुमन बस्नेत, उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार गर्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।

अध्यक्ष बस्नेतले संस्थालाई राजनीतिबाट पर राखेर ईमानदारिता, नैतिकता, पारदर्शिकताका साथ काम गर्ने बताउँदै सम्पूर्ण सदस्यहरुलाई समेत ती कुराहरुलाई आत्मसाथ गरेर काम गर्न निर्देशन दिएका थिए।

कार्यक्रममा जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायल लगायत विभिन्न देशबाट नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।