असिना पानीसंगै आएको हावाहुरीले कृषि बालीमा क्षति

everest kitchen

गोपाल ओली “स्पन्दन”
रुकुम । रुकुम(पश्चिम) को त्रिवेणी गाउँपालिका वडा नः ३ र ६ का विभिन्न ठाँउहरुमा परेको असिना पानिले तरकारी बाली तथा फलफूल नस्ट गरेको छ । हिजो शनिबार दिउसो तिर आएको असिना पानिसंगै आएको हावाहुरीले भर्खरै उत्पादन सुरु गरेका र उत्पादनका क्रममा रहेका बोट विरुवामा असर गरेको हो ।

मौसमी तथा बेमौसमी तरकारी बालि र फलफुलमा व्यापक क्षति हुदा कृषकहरु चिन्तित भएका छन् । असिना पानिबाट मकै,सिमि, काक्रो, स्कुस् ,भिन्डि र फलफुलमा सुन्तला, कागती,मौसम,अनार लगाएतका विभिन्न बालिमा क्षतिपुगेको कृषकहरु बताउँछन् । सबैभन्दा बढी सुन्तलामा बालीमा असर गरेको छ।

सनिश्चवार दिउँसो २ बजे दखि असिना पर्ना थालेको थियो । असिना पानी करिब १ घन्टासम्म परेको थियो । असिना पानी तथा हावाहुरी लेत्रिवेणी ३ र ६ को सम्पुर्ण भागमा क्षेति पुर्याएको छ भने जिल्लाका केही भुभाग र छिमेकी जिल्ला सल्यान र रोल्पामा समेत प्रभाव पारेको छ।