अनुग्रह राना मगर (पुस्प)
मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र आइसोलोमन गरेर डिस्चार्ज भएको थियो । मैले चिने जानेको नै भएर उसलाई दाइको नाताले डिस्चार्ज भएर आए पछि सम्झाउने कोसिस गरे । दाइ अब त राम्रो हुनुभयो …भनेर प्रस्न गरे। दाइ आफैलाइ फुर्क्याउदै…. म ठिक छु भाइ मलाई के भको थियो र … त्यो होकि भनेर चेक गर्न गएको थिएँ डाक्टरले पोजेटिभ भन्यो । तर पनि मलाइ पक्का हो भन्ने चाहिँ लागेको थिएन । होर दाइ त्यस्तो त नहुनु पर्ने डाक्टर जस्तोलाइ पनि थाहा भएन भने त .. । कहाँ थाहा हुनु अर्को कुरानी भाइ म त कोरोना छ भन्ने बिस्वासै लाग्दैन । आजकल हल्का बिरामी भएपनि कोरोना भनी दिन्छन् । होइन होला दाइ यस्तो नभएको भएत विश्व भरी कोरोना भनेर किन प्रचलित हुन्थ्यो होला र… दाइ मैले भने । दाइले घमण्ड गर्दै भने तँ माने मान म चाहिँ मान्दिन यो कुरा भन्नुभयो । मैले ठिकै छ दाइ आफ्नो स्वास्थको ख्याल गर्नु भनेर अझै स्वास्थ शिघ्रलाभको कामना दिएर आएँ। फेरि कोरोनाको दोस्रो कहर आएछ अब के के हुने हो भने मनमा कुरा खेलाउँदै गर्दा उहीँ दाइको याद आयो । सम्झेर फोन लगाए । हेलो दाइ… सन्चै हुनुहुन्छ ? जोगिनु होस है फेरि आएछ मोरा… भनेर के भनेको थिएँ … दाइले उता बाट सुँकसुँक गर्दै भन्न थाल्नुभयो । हेर भाइ म के भनौँ ठिक या बेठिक अहिले हस्पिटलमा छु। दोश्रो कोरोनाको लहरमा मलाइ पनि समावेस गरायो ।अहिले आएर बल्ल तिम्रो कुराले झस्कायो । तिम्रो कुरालाइ सच्चा दिमागले सोँचेर सहि तरिकामा अपनाएको भए यस्तो हुने थिएन होला । आज आफ्नै “लापरबाही ” ले आत्मा ग्लानी भएकोछु भनेर जवाफ आयो । म निशब्द भएँ । म सँग पनि त्यो हौसलाको खुराकहरु थिएन यो पाली किनकी म पनि हस्पिटलमा थिएँ। जसोतसो गरि सानै स्वरमा शिघ्र स्वास्थलाभको कामना छ भनी फोने राखेँ ।