माधव-झलनाथ र ओली पक्षबीच सहमति जुटेन

everest kitchen

 

काठमाडौँ । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।

आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरूको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको थियो ।

आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदै छन् । सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि केपी ओली सरकार अल्पमतमा छ । यसअघिनै माओवादी केन्द्र र काङ्ग्रेसले ओलीलाई विश्वासको मत नदिने बताई सकेका छन् ।