मे १२ देखि मलेसियाभरी एमसिओ

everest kitchen

बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ ।
आज संबोधन गर्दै मलेसियाका प्रधानमन्त्री मुयाद्दीन यासिनले हरिराय चाडलाई विशेष ध्यान दिदै अनावश्यक भिडभाड हुन नदिन र कोरोना संक्रमणलाई नियन्त्रणमा लिन यो कदम चालेको बताएका छन् ।
यस अघि क्वालालुम्पुर लगायत ५ वटा राज्यमा एमसिओ लगाइएकोमा अब भने पुरै देशमा लगाइने भएको छ । र अघिल्लो एमसिओ भन्दा अझ कडा नियम पनि लागु गरिनेछ ।
जस्तो कि अब एउटा कारमा एक जना ड्राइभर बाहेक दुई जना मात्र यात्रा गर्न पाउने छन भने काम गर्ने ठाउँमा कर्मचारी संख्याको ३० प्रतिशत मात्र कर्मचारी त्यो पनि विशेष मापदण्ड पुरा गरेर काम गर्न पाइनेछ । एउटा राज्यबाट अर्को राज्यमा जानलाई अनुमति लिन अनिवार्य नै छ ।