अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस

everest kitchen

मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना आमाहरूले आफ्ना फरक फरक अनुभूतिहरू भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक गीता खनाल, चितवनकी आमा पद्मा अधिकारी, नेपालगञ्जकी आमा सुशीला शर्मा र नुवाकोटकी आमा उमा कुमारी भण्डारीले आ–आफ्ना फरक अनुभूतिहरू साटासाट गरेका थिए ।
संमग्रमा चारै जना आमाहरूले आमाहरूले आफ्नो बाल्यकालिन अवस्था, तत्कालिन समाजले छोरीलाई हेर्ने दृष्टिकोण, तत्कालिन समयमा महिलाको अवस्था र वर्तमान अवस्थामा अन्तर, छोराछोरीलाई आफ्ना अभिभावकले दिने शिक्षा, व्यवहार र संस्कार, महिला सशक्तीकरणका लागि अर्थोपार्जन आवश्यक भएको विचार गरेका थिए ।
त्यस्तै, कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) का अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, इन्स जर्मनीका अध्यक्ष सुमन वस्नेतले शुभकामना मन्तव्य राखेका थिए भने उर्मीला निर्दोषी, राजेश राई, नितु खतिवडा, शुभलक्ष्मी कोइराला, आँचल शर्मा, लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
शुभकामना मन्तव्यको क्रममा संस्थाका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले आमाहरूले जीवनभर छोराछोरीहरूका लागि त्याग गर्दै पीडा भोगिरहेको वताउदै कार्यक्रम अत्यन्त उपलव्धिमूलक सम्मानित रहेको धारणा व्यक्त गरे,त्यसैगरी संस्थाका केन्द्रिय महासचिव अर्जुन श्रीले शुभकामना मन्तव्यकै क्रममा कार्यक्रम अत्यन्त प्रभावकारी रहेको वताउदै आमाहरूका अनुभूतिले सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योदगान पुग्ने वताउदै भविश्यमा पनि यस्ता किसिमका कार्यक्रमहरू भईरहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम समापनको क्रममा महिला समितिका अध्यक्ष डा. रेणुका सोलुले कार्यक्रम सफल वनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आमाहरूको सम्मानस्वरूप आयोजित यस कार्यक्रमले सवैको मन छुन सफल रहेको धारणा व्यक्त गरिन् ।