काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेका काङ्ग्रेस सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै काँग्रेसको बैठक बस्न लागेको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।
‘पर्सिसम्म मात्रै समय दिइएको छ । बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं’, नेता गोपालमान श्रेष्ठले भने । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेका छौं उनले भने । श्रेष्ठका अनुसार आज र भोलि भित्र सरकार गठन बारे टुंगो लाग्नेछ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । सरकार गठनको आह्वानपछि राष्ट्रपतिले समय दिएकी हुन ।