नायिका स्वेता भट्टराईका श्रीमान मिलनको निधन

everest kitchen

काठमाडौं । नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । सापकोटाको काठमाडौंको एक अस्पतालमा उपचारको क्रममा मंगलबार बार निधन भएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको थियो ।

शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार ३ बजे निधन भएको हो । मिलनलाई सामाजिक संजालमा चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए । उनीहरुको एक सन्तान पनि छन् । चलचित्रमा काम गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका हुन ।