श्रष्टा समाज अमेरिकाको लघुकथा वाचनको सातौ शृङ्खला

everest kitchen

काठमाडौं । श्रष्टा समाज अमेरिकाले लघुकथा वाचन को सातौ शृङ्खला भर्चुअल मार्फत सम्पन्न गरेको छ। लघुकथा लेखनमा सक्रिय लघुकथाकारहरूको सामिप्यता अझै मजबुत होस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो।

लघुकथाकार विश्वराज अधिकारी द्वारा सञ्चालन गरिएको सो कार्यक्रममा डेढ दर्जन लघुकथाकारहरू आ आफ्नो लघुकथा वाचन गरेका थिए।

वाचन गर्नेमा नारायण तिवारी राजु क्षत्री अपुरो , पवन कुमार , सत्या अधिकारी, निर्मला बराल , ममता मृदुल , ललिता दोषी , अनुग्रह राना , बि बि याख्खा, मन्दिरा मधु श्री, शारादा पौडेल , मिसु श्रेष्ठ थपलिया , सिबिका कार्की , रचना शर्मा , रन्जु श्री पराजुली , सञ्जय मिश्र आदि रहेका थिए।

बाचन गरिएका लघुकथाको टिप्पणी सहभागी बाटै पालो पालो गराउन लगाइएको थियो। कार्यक्रम वरिष्ठ साहित्यकार प्रभात दिक्षितको सभापतित्वमा सम्पन्न गरिएको थियो।