कर्णाली प्रदेशमा सरकारका मन्त्रीहरु फेरबदल तीन थपिदा दुईजना मन्त्री बाहिरीए

everest kitchen

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गरेका छन्। यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नियुक्त हुनेमा सुर्खेतका विन्दमान विष्ट, सीता नेपाली र रुकुम पश्चिमका गोपाल शर्मा छन्। विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ। उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ ।

बुधवार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री केसी र कानुन मन्त्री भण्डारीले सहमति अनुसार राजीनामा दिएका थिए। बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।