सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुरू

everest kitchen

 

काठमाडौँ । सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रबारदेखि शुरू भएको छ ।संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएर खोप कार्यक्रम सुरु गरेका हुन ।

यस अघि गत फागुन १९ र २० गते सांसदहरूले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका थिए । पहिलो डोज खोप लागाएको आठ हप्ता पूरा भएका सबै सदस्यहरुलाई जेठ २ गतेसम्म कोभिसिल्ड खोपको दोस्रो डोज दिइने संसद सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाइएको छ ।