राक्सिराङसहित मकवानपुरमा शुक्रबारबाट निषेधाज्ञा लागु

everest kitchen

 

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबारदेखि पुर्ण रुपमा निषेधाज्ञा लागु गरिएको छ । बढ्दो संक्रमित दरलाई ध्यानमा राखि राक्सिराङमा समेत जोखिम बढेपछि गाउँपालिकाले एक सुचना जारी गर्दै निषेधाज्ञा लागु गरिएको हो ।

गाउपालिका अध्यक्ष राजकुमार मल्लद्धारा जारी सुचना अनुसार अर्को सुचना नआएसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा अवधिमा अनावश्यक घरबाहिर हिडडुल नगर्न, भीडभाड नगर्न, सार्वजनिक कार्यक्रमहरु नगर्न, विवाह, भोजको आयोजना नगर्न, पसलहरु नखोल्न लगायतका निर्देशन जारी गरिएको छ ।

साथै राक्सिराङसँगै शुक्रबारबाट जिल्लाका सबै स्थानिय तहहरुमा निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भर नै निषेधाज्ञा लागु गर्न स्थानीयतहलाई सुचित गरेको छ । यसअघि जिल्लाका प्रमुख शहरमा निषेधाज्ञा लागु गरिएको थियो ।