क्रिस्टियानो रोनाल्डोले रचे इतिहास, उनी यो उपलब्धि प्राप्त गर्ने विश्वकै पहिलो खेलाडी बने

everest kitchen

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा ठूलो उपलब्धि हासिल गरेका छन । उनले युवेन्ट्स क्लबका लागि १०० गोल पूरा गरेका छन। इटालीको घरेलु फुटबल प्रतियोगिता सेरी ए लिगमा सासुओलो बिरूद्धको खेलमा उनले यो किर्तिमान कायम गरेका छन ।

खेलमा युवेन्ट्सले सासुलोलाई ३–१ ले पराजित गरेको थियो । यो सँगै रोनाल्डोले ३ अलग–अलग देशहरुको क्लब फुटबल प्रतियोगितामा १०० भन्दा बढी गोल गर्ने विश्वकै पहिलो फुटबल खेलाडी बनेका छन ।

रोनाल्डो युवेन्ट्स क्लबका लागि सबैभन्दा तिव्र गतिमा १०० गोल गर्ने खेलाडी पनि बनेका छन । युवेन्ट्सले रोनाल्डोलाई सन २०१८ मा १७ मिलीयन युरोमा खरिद गरेको थियो ।

३६ बर्षीय रोनाल्डोले यो किर्तिमान १३१ औं खेलमा पुरा गरेका छन । यसअघि उनले म्यान्चेस्टर यूनाईटेड, रियल म्याड्रिड र पोर्चुगलका लागि १०० गोल गरेका छन ।

सन २००३ देखी २००९ सम्म म्यान्चेस्टर यूनाईटेडका लागि खेलेका रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका छन । रियल म्याड्रिडका लागि उनले ४३८ खेलमा ४५० गोल गरेका छन । रियल म्याड्रिडका लागि उनले सन २००९ देखी २०१८ सम्म खेलेका थिए ।

रोनाल्डोले पोर्चुगलका लागि १७३ खेलमा १०३ गोल गरेका छन । युवेन्ट्सका लागि १०० गोल पुरा गरेपछि रोनाल्डोले भने, मैले आफ्नो टोलीको लागि १०० गोल गर्न पाउदा आफुलाई बिशेष महशुस गरिरहेको छु । यो ठाँउमा पुग्दा मलाई गर्व लागिरहेको छ । मलाई खुशी छ हाम्रो टीम जित्न सफल भएको छ ।