कविता : बिर्सी देउ

everest kitchen

दुर्गा भवानी (कन्चन)
मैले जेजे गरे पनि बिर्सी देउ है सानु!
गुन जति सबै तिमीले जलमा घोली खानु।
ईष्र्या ,रिस राग हेर केही नि छैन मनमा!
बरु तिमी आफूले चाहिँ मनमा लिनु चैन!

अगाडि छौ तिमी सधैं अगाडि नै हुनु!
उडिउडी तिमीले हेर चन्द्रमा नै छुनु!
सम्झिन हुन्न बिगत भन्छ्न । बिगत नै हो गुरु!
अनि मात्र नयाँ कामको हुने गर्छ सुरु।

पत्रपत्र भइ मनमा बस्नुपर्छ बिगत!
अनि मात्रै भविष्यमा हुन जान्छ सहज!
भन्ने गर्छ्न बिगतलाई भेट्न सकिंदैन ।
नभेटे नि नदेखे नि बिगत भुल्ल हुन्न।

पालो फेरि पैचो लिने बानी पार्‍या छैन।
नभन है मैले तिमीलाई केही नि गर्‍या छैन।
कम्प्युटरको भन्दा बढी पावर हुन्छ सिरमा!
हिड्दै जाँदा अपठ्यारो त हुने गर्छ भिरमा!

काठमाडौ, हाल: पपुवा न्यूगिनी