कोरोना संक्रमित कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । उनी दुई हप्तादेखि कोरोनासंग लड्दै आएकी थिईन् ।