अक्सिजन आपूर्तिका लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

everest kitchen

काठमाडौं । अक्सिजन आपुर्तिको लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमणको कारण टीकापुरको अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको चरम अभाव भएपछि समाजले ५० हजार १४७ रुपैयाँ नगद सहयोग गरेको हो ।

कोभिड प्रकोपको यो स्थितिमा बिशेषत: अक्सिजनको अभावले बिरामीले ज्याहरून गुमाउनु पर्ने स्थितिलाई न्यूनीकरण गर्न तत्काल अक्सिजन सिलिन्डर खरिद अभियानलाई सघाउन भन्दै सुदूरपश्चिमेली समाज मलेसियाले टीकापुर सरोकार समुहका प्रतिनिधि नवराज भट्टराईको नाममा शनिबार रकम रेमिट्यान्स गरिदिएको हो ।

टीकापुर सरोकार समुहको अगुवाईमा टीकापुर अस्पतालका अध्यक्ष , मेडिकल सुपरिटेन्डेन्ट , टीकापुर उधोग बाणिज्य संघका अध्यक्ष लगायत संसारका विभिन्न देशमा रहेका टीकापुर बासी बिच भएको जुम बैठकले यो अप्ठ्यारो स्थितिमा बिशेषत अक्सिजनको अभावले बिरामीले ज्याहरून गुमाउनु पर्ने स्थितिलाई न्यूनीकरण गर्न तत्काल अक्सिजन सिलिन्डर खरिद अभियान चलाउने निर्णय गरेको थियो ।

त्यस प्रयोजनका लागि टीकापुर अस्पतालका अध्यक्ष दीपक रावल , टीकापुर उधोग बाणिज्य सङघका अध्यक्ष रामबहादुर भन्डारी र टीकापुर सरोकार समुहका प्रतिनिधि नवराज भट्टराईको नाममा सामुहिक बैंक खाता खोलिएको छ ।