नि:शुल्क खाना वितरण गर्दै आएको १०० ग्रुपलाई खाना राख्ने सामाग्रीको अभाव

everest kitchen

पर्सा । केहीदि देखि बिरगंज आसपासका क्षेत्रमा नि:शुल्क खाना वितरण गरिरहेको १०० ग्रुप नामक एक अभियान समुहलाई विभिन्न सामाग्री अभाव भएको छ । समुहलाई खाना राख्ने प्याकिङ बक्स, ग्लोप लगायतका सामाग्री अभाव भएको भन्दै सहयोगको लागि अपिल गरिएको छ ।

कक्षा ११/१२ मा अध्यनरत ती विद्यार्थी समुहले पाँच दिनदेखि बिरगंज आसपासका स्थानमा नि:शुल्क भोजन अभियान चलाइरहेका छन् । अहिलेसम्म सबै आफुहरुले सक्ने जति गरिरहेको र थप सहयोग कार्य गर्नुपर्ने आवश्यकता रहेकोले अभियानलाई सहयोग गर्न समुहले आग्रह गरेको छ ।

उनीहरूको उक्त अभियानमा सहयोग गर्न चाहानेले अशिष गुप्ता, आयुष राज बर्नवल, ज्योति शाहलाई सम्पर्क गर्न भनिएको छ । साथै थप जानकारी तथा संवादको लागि आकाश भगत मालिको सम्पर्क नम्बर ९८०९१९६७२२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।