जन्तीमा आएको बार डान्सरको अश्लील नृत्य हेर्न मानिसहरुले कोरोना प्रोटोकलको धज्जी उडाए (भिडियो)

everest kitchen

एजेन्सी । भारतको उत्तर प्रदेश सरकारले कोरोनाको बिरूद्ध लड्न सबै आवश्यक सावधानीहरु अपनाइरहेको छ। भाईरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै त्याहाँ कोरोना कर्फ्यू पनि लगाईएको छ। तर पनि त्यहाँ धेरै यस्ता व्यक्तिहरू छन् जसले उनीहरूको आफ्नो जीवन जोखिम पार्दै अरु मानिसहरुको जीवनलाई पनि जोखिममा पारिरहेका छन। उत्तर प्रदेश राज्यको प्रयागराज जिल्ला स्थित कोसडा कला गाउँमा बिहेमा बार डान्सरको अश्लील नृत्य हेर्न गाउँलेहरूको भीड नै जम्मा भयो। त्याहा भएको गाउँलेहरूको भीडले उत्तर प्रदेश सरकारले जारी गरेको कोरोना प्रोटोकलको धज्जि उडायो । ती गाउँलेहरू मध्ये कसैले पनि सामाजिक दूरीको बारेमा वास्ता गरेनन। गाउँलेहरूको भीड सहितको बार डान्सरको नृत्यको त्यो भिडियो अहिले समाजिक संजालमा भाइरल भइरहेको छ। भिडियो भाईरल भएपछि स्थानीय प्रशासन को व्यवस्था मा प्रश्नहरु उठ्न शुरू भएको छ ।

भिडियो :

उत्तर प्रदेशमा कोरोना संक्रमणको चेन तोड्नका लागि सरकारले मे १७ सम्म राज्यमा लकडाउन गर्ने निर्णय गरेको थियो। राज्यका मुख्य सूचना सचिव नवनीत सहगलले यो कुराको पुष्टि गरेका छन्। उनका अनुसार जारी लकडाउन कोरोना कर्फ्यू जस्तै रहेको र यस समयमा सबै आवश्यक सेवाहरू जारी रहनेछ। तर कोसडा कला गाउँका मानिसहरुले सरकारको निर्देशन पालना नगरेर बार डान्सरको नृत्यमा रमाउदै कोरोना प्रोटोकलको धज्जी उडाएका थिए ।