“अन्तर्राष्ट्रिय नेपाली समाज” नेपालको नयाँ नेतृत्व चयन

everest kitchen

काठमाडौं । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले नेपालमा नयाँ नेतृत्व चयन गरेको छ ।

लामो समय देखि देश बिदेशका विभिन्न संघ संथाहरु र पत्रकारिता मार्फत देश र समाजको सेवा गर्दै आएका चन्द्र कुमार फुयालको अध्यक्षतामा शनिबार अध्यक्षतामा ५१ सदस्यीय नेपालको राष्ट्रिय कार्यसमिति (नेपाल च्याप्टर )को गठन भएको हो ।

समाजले नेपालमा हाल महामारीको रुपमा फैलिएको कोभिड १९ बाट प्रभावित भएका नेपालीहरुलाई राहत पुर्याउने उद्देश्यले यथासक्य छिटो सहयोग उपलब्ध गराउने समेत जनाएको छ ।

अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा अनलाइन मार्फत भएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा काठमाडौँ विश्वविद्यालयका पूर्व डीन प्रा डा टंक नाथ शर्मा थिए भने विशिष्ट अथितिहरुमा प्रा डा बिष्णु कार्की, प्रा डा मोतिलाल घिमिरे, प्रा डा पुष्प दमाइ, प्रा डा श्याम शर्मा, डा तारामणि राइ, गोबर्दन पुजा, प्रा डा राजन प्रसाद पोख्रेल, स प्रा डा धन प्रसाद सुबेदी, प्रा डा लक्ष्मन प्रसाद ज्ञवाली, वरिष्ठ कबि सरुभक्त, प्रा डा श्रीराम प्रसाद उपाध्याय, डा रेनुका सोलु, डा जानुका पौडेल नेपाल लगाएतको उपस्थिति रहेको थियो ।

नवगठित नेपालको राष्ट्रिय कार्य समितिलाई प्रमुख अतिथि, विशिस्ट अतिथि लगायतले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका थिए ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा के पी घिमिरे र डा राधेश्याम ठाकुर चयन भएका छन् भने उपाध्यक्षहरुकै संयोजकत्वमा पछि विभिन्न विभागीय समिति गठन गर्ने गरि आर बी भण्डारी, दामोदर नेपाल, जे पी सापकोटा, पबित्र थापा मगर, आचल कुमार शर्मा, विष्णु सुबेदी, निर्मलहरि आचार्य, नारायणकाजी घिमिरे र मोहन सिंह साउद उपाध्यक्षहरुमा चयन भएका छन् ।

त्यसैगरी महासचिवमा एसपी उप्रेती र उपमहासचिवमा उद्धव भट्टराइ, सचिवहरुमा अरुण राज पाण्डे, सुदीप घिमिरे “दीप सुदीप“, निर्मला खड्का, रुश्मा राई, स्मृति बुढाथोकी र तिलक कार्की चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा, इन्दिरा गौतम, सह–कोषाध्यक्षमा भद्रा राउत , अनामिका बस्नेत, चयन भएका छन् भने सदस्यहरुमा सुजता पोखरेल, शिलु शर्मा, निर्मल श्रेष्ठ, तिर्थ नारायण श्रेष्ठ, दिपक बस्नेत, खेम आचार्य, साम्भवी शिवाकोटी, सन्तोष खत्री, अभिनेश्वोर कार्की, मनिता बस्नेत, वालमुकुन्द मैनाली, मनोज बाबु बस्नेत, सुजन बाबु बस्नेत, रुपा राई, मनिता बस्नेत, चन्द्रकला खत्री, भिम बहादुर कार्की , बिशाल गिरि, दीपा दिपारी, दिपक खत्री, सम्झना बस्नेत, पारु बिश्वकर्मा, पुष्प यादव, थमान सिंह तामांग र कृष्ण सुनुवार चयन भएका छन् ।

त्यस्तै, नवगठित कार्यसमितिको तर्फबाट केन्द्रिय प्रबक्ता तथा नवगठित अध्यक्ष चन्द्र कुमार फुयाललगाएत वरिष्ठ उपाध्यक्ष डा के पी घिमिरे, उपाध्यक्ष दामोदर नेपाल महासचिव एसपी उप्रेती, कोषाध्यक्ष, इन्दिरा गौतम लगायतले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले भने, “देशविदेशमा रहेका नेपालीहरू सङ्गठित भएर एक आपसमा सहयोग गर्दै नेपालका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गरी नेपाली भाषा, साहित्य, कला, संस्कृति, भेषभुषा, रितिरीवाज, रहनसहनको संरक्षण, संवर्द्धन तथा नेपाली स्रोत, साधन, सम्पदा, पर्यटन तथा कृषिजन्य उत्पादनको प्रवर्द्धनका साथै नेपालीले देश विदेशमा सिकेको ज्ञान, सीप, क्षमता र दक्षतालाई देशको सर्वोपरी हितमा उपयोग गर्न अन्तर्राष्ट्रिय नेपाली समाज सधै कटिवद्ध छ र निरन्तर अघाडी बढिरहेको छ“

“जहिले पनि नेपालको लागि र जहापानी नेपालीको लागि भन्ने हाम्रो प्रमुख नारा चरितार्थ पार्नलाई समय सान्दर्भिक परिणाममुखी कार्यक्रमहरुको योजना बनाउदै र तिनीहरुको कार्यनयन गर्दै द्रुत गतिमा अघाडी बढिरहेका छौं र आजको नवगठित समिति तेसैको एक परिणाम हो, “केन्द्रिय माहासचिब अर्जुन श्रीले थपे ।