कर्णालीमा नवनियुक्त दुई मन्त्रीको शपथग्रहण, शर्माद्धारा आजै पदभार ग्रहण

everest kitchen

रुकुम । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन । केही दिन अघि नियुक्त भएर पनि सपथ लिन रोकिएका दुवै मन्त्रीलाई सोमबार प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा “अनल” आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपालीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।

त्यस्तै, आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेका छन् ।
मन्त्री शर्माले ऐतिहासिक आन्दोलनका सहिदहरूको फोटोमा माल्यार्पन गर्दै मन्त्रालय प्रवेश गरेका थिए ।

मन्त्रीको पदभार ग्रहण गर्दै गर्दा मोटरबेल पुल मुगुका लागि १ करोड २७ लाख, झुक्ला मोटरवेल पुल मुगुका लागि ५ करोड ११ लाख र क्याटु, सालदाङ, धो सडक आयोजना डोल्पाका लागि १० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गर्दै पदवहाली गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्बबिक्रम बुढाथोकीले फेसबुक मार्फत उल्लेख गरेका छन् ।