कबिता – “उनी बाँचिरहनेछन् ईतिहास बनेर”।
बि.बि.याक्खा ।
महल हैन उनले आश्रम बनायो।
एक मात्र हैन सयौंको आँशु पुछ्यो
भोको बस्नेलाई खाना दिलायो
नाङ्गो आङ्गहुनेलाई बस्त्र दिलायो।
आँखाले हैन!सपना मनले देख्यो।
थिएन घमण्ड र कुनै स्वार्थहरु।
थियो त केबल मात्रै सोच फरक !
चेतनाको हरेकमा दिपहरु जलायो
आफ्नै माटोमा नै पाखुरी चलायो।
साच्चै उनी आम मानिस थिएनन् ।
भ्रष्टाचारको विरुद्ध धावा बोल्दैगर्दा
अन्याय अत्याचारको जालो चिर्दैगर्दा।
बुवाँस र हुडाँरको चगुलमा पर्यो उनी!
लाग्यो निसाना ढल्यो, भौतिक त्यो देह।
तैपनि उनी हाँसे आफ्नै मृत्युुलाई देखेर।
उनको त्यो उदेश्य र बिचार सकेनन् छेकेर।
उ बाच्यो सबैको लागि म आफ्नै लागि।
मैले परिवार भने उसले सिंगो समाज भन्यो,
मैले अकुत कमाउदाँ उ भने आफै रितियो ।
मैले आधुनिकतालाई रोजे उसले मौलिकता ।
मेरो नामको कबिता नहुदाँ उनको ईतिहास भो!
“यसैले उनी आम मान्छे भन्दा फरक भए”।
म हरेक दिन र रात पलपल मृत्युसित नजिक छु।
उ भौतिक शरीर नभए नि झनझन बाँचिरहे छ।
म गन्तव्य भुलेर बाटोहरु अलमलिएको यो बेला!
उ लाखौंका लागि साच्चै असल पथप्रदर्शक छन् ।
म आफ्नैहरुको स्मृति देखि धुमिल्दैजादाँ अचेल,
उनी भने हरेकको ढुकढुकीमा नै बसिसकेका छन्।
जिबनको यो उत्कर्समा मृत्युको भयले गाँजको छ।
उनकै लासको हजारौं मलामी देख्ने मान्छे हुँ म, भौतिक सुबिधाको उडानभर्दै आफ्ना उडदैगर्दा!
तर आज आफ्नै लासको पिरले पिरोलिएको छु।
यहाँ म पलपल मर्दैछु उनी झनझन अमर छन् ।
आवज बिहिनको आवज, उत्पीडितहरुका न्याय,
क्रान्तिको चिरागहुँदै धर्तीको सुन्दर पारिजात बनेर
हरेक जन जनको ढुकढुकीमा सुनौलो बिहानीसितै
“उनी बाचिरहने छन् ईतिहास बनेर”//३