अवैध लागूऔषध सहित पक्राउ

everest kitchen

झापा । झापा गाउँपालिका–२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइल सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा गाउँपालिका१ बस्ने १९ वर्षीय प्रताप लिम्बु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।